global ime bank Long Banner Ad

गृहपृष्ठ धनगढीमा ब्रेड बक्स बेकरी क्याफे सञ्चालन

धनगढीमा ब्रेड बक्स बेकरी क्याफे सञ्चालन

धनगढीमा ब्रेड बक्स बेकरी क्याफे सञ्चालन

धनगढीमा ब्रेड बक्स बेकरी क्याफे सञ्चालनमा आएको छ । धनगढी रोतोपुलस्थित एसपीए रोड जानेबाटो (एसपीएको बीएचएम-बीआईएम भवन)मा क्याफे सञ्चालनमा आएको हो ।

सञ्चालक सुवास शाहीका अनुसार उक्त क्याफेको आइतबार सफ्ट ओपनिङ गरिएकाे हाे । जनवरी १ देखि क्याफेको भव्य उद्घाटन गरिने उनकाे भनाइ छ । सफ्ट ओपनिङको अवसरमा क्याफेमा क्याफेमा हाल हरेक आइटममा २० प्रतिशत छुटको व्यवस्था पनि गरिएको छ । क्याफेमा सम्पूर्ण बेकरी आइटम, केक, कफी, फास्टफुड आइटमहरु उपलब्ध छन् ।

क्याफेमा फ्राइ राइस, मःम, चाउमिन, सेन्डविच, बर्गर, चिल्ली, पकोडा, चिप्स, मुस्ताङ आलु, फ्रेन्च फ्राइज, स्विट कर्न क्रेकर्स, चाउचाउलगायत अर्डर अनुसारका खाना उपलब्ध हुने बताइएकाे छ । यस्तै बेकरी आइटममा ब्रेड, कपकेक, टेस्ट, बिस्कुट, कुकिज, रोल, डुनट्सलगायत आइटमहरु उपलब्ध हुनेछन् ।

यस्तै क्याफेमा कफी खाँदै पढ्न चाहेका लागि पुस्तकहरु पनि उपलब्ध छन् । त्यसबाहेक क्याफेमा बर्थ-डे, एनिभर्सरीलगायत कार्यक्रम पनि आयोजना गर्न सकिन्छ । क्याफेले होम डेलिभरीको व्यवस्था समेत गरेको सञ्चालक शाहीले जानकारी दिए ।

प्रकाशित समय : १४:१७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु