गृहपृष्ठ कालीमाटी फलफूल बजारका व्यवसायीद्वारा सहयोग

कालीमाटी फलफूल बजारका व्यवसायीद्वारा सहयोग

कालीमाटी फलफूल बजारका व्यवसायीद्वारा सहयोग

काठमाडौँ । कालीमाटी तरकारी फलफूल थोक बजार संयुक्त व्यवसायीले भोटेकोशी बाढी प्रभावितका लागि आठ लाख ५४ हजार ३०० बराबरको सहयोग गरेको छ ।

प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा जम्मा गर्ने गरी उक्त सहयोग रकम बुधबार कृषि, वन तथा पर्यावरण मन्त्री गिता चौधरीलाई हस्तान्तरण गरिएको हो ।

सहयोग रकम बुझ्दै मन्त्री चौधरीले विपद्को कठिन समयमा राहत तथा पुनः स्थापनाका लागि सहयोग गर्ने व्यवसायीप्रति धन्यवाद व्यक्त गरिन् । साथै उनले बाढी तथा पहिरोबाट प्रभावित नागरिकको साथमा सरकार रहेको उल्लेख गर्दै राहत, उद्धार तथा पुनः स्थापनाका कार्यमा सबै पक्षको सहकार्य आवश्यक रहेको बताइन् ।

यसअघि पनि व्यवसायीले भोटेकोसी बाढीबाट प्रभावित परिवारको राहतका लागि ९० बोरा आलु, ३० झोला इस्कुस, १० झोला काँक्रो र ८० झोला फर्सी सहयोग उपलब्ध गराएका थिए ।

प्रकाशित समय : ०५:०१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु