गृहपृष्ठ बाढी प्रभावितका लागि फुटवेयर उत्पादक संघको ५० लाखभन्दा बढीको राहत सहयोग

बाढी प्रभावितका लागि फुटवेयर उत्पादक संघको ५० लाखभन्दा बढीको राहत सहयोग

बाढी प्रभावितका लागि फुटवेयर उत्पादक संघको ५० लाखभन्दा बढीको राहत सहयोग

काठमाडौं । भोटेकोशी नदीमा आएको आकस्मिक बाढीबाट प्रभावित नागरिकका लागि फुटवेयर म्यानुफ्याक्चरर्स एसोसिएसन अफ नेपाल (FMAN) ले ५० लाख रुपैयाँभन्दा बढीको राहत सहयोग उपलब्ध गराएको छ।

भदौ १० गते बुधबार बिहान रसुवा जिल्लास्थित भोटेकोशी नदीमा आएको आकस्मिक बाढीका कारण ठूलो मात्रामा जनधनको क्षति भएको घटनाप्रति एसोसिएसनले दुःख व्यक्त गर्दै राहत सहयोग गरेको हो। एसोसिएसनले बाढीमा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।

एसोसिएसनले आफ्ना सदस्यहरूलाई बाढी प्रभावित क्षेत्रका नागरिकका लागि आर्थिक सहयोग गर्न आह्वान गरेको थियो। सोहीअनुसार नगद तथा जिन्सी सामान गरी ५० लाख रुपैयाँभन्दा बढीको सहयोग उपलब्ध गराइसकेको जनाएको छ।

प्राकृतिक विपत्तिका कारण बाढी प्रभावित नागरिकहरू खाली खुट्टा हिँड्न नपरोस् भन्ने उद्देश्यले संघका सदस्यहरूबाट प्राप्त जुत्ता–चप्पल राहतस्वरूप सम्बन्धित सरकारी निकायमा उपलब्ध गराइएको छ। हालसम्म १५ हजार जोर जुत्ता–चप्पल हस्तान्तरण गरिएको एसोसिएसनले जनाएको छ।

त्यसैगरी, राहत सामग्री वितरणका लागि सरकारी संयन्त्रबाट कुन ठाउँमा कति जोर जुत्ता–चप्पल आवश्यक छ भन्ने विवरण उपलब्ध भएमा सोहीअनुसार थप सामग्री उपलब्ध गराउन संघ तयार रहेको जनाएको छ।

एसोसिएसनका महासचिव निर्मल भट्टराईले विपद्को समयमा प्रभावित नागरिकलाई आवश्यक सहयोग उपलब्ध गराउनु सबैको दायित्व भएकाले आफ्ना सदस्यहरूको सहयोगमा राहत अभियान अघि बढाइएको बताए।

प्रकाशित समय : १९:४३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु