गृहपृष्ठ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रिद्धी सिद्धि र सौर्य सिमेन्टको १ करोड १ लाख सहयोग

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रिद्धी सिद्धि र सौर्य सिमेन्टको १ करोड १ लाख सहयोग

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रिद्धी सिद्धि र सौर्य सिमेन्टको १ करोड १ लाख सहयोग

काठमाडौं । भदौ १० गते भोटेकोसी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत, पुनःस्थापना तथा पुनर्निर्माणका लागि रिद्धी सिद्धि र सौर्य सिमेन्टले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड १ लाख रुपैयाँ सहयोग गरेका छन्।

रिद्धी सिद्धि सिमेन्टले ५१ लाख रुपैयाँ र सौर्य सिमेन्टले ५० लाख रुपैयाँ गरी संयुक्त रूपमा १ करोड १ लाख रुपैयाँ सहयोग गरेका हुन्।

रिद्धी सिद्धि सिमेन्टका अध्यक्ष शोभाकार न्यौपानेले रिद्धी सिद्धि र सौर्य सिमेन्ट परिवारका तर्फबाट अर्थमन्त्री स्वर्णिम वाग्लेलाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरेका हुन्।

कम्पनीहरूले बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै विपद्मा ज्यान गुमाउने नागरिकप्रति श्रद्धाञ्जली अर्पण गरेका छन्। साथै, शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गर्दै विपद्को यस कठिन समयमा प्रभावित नागरिक र सरकारको साथमा रहने प्रतिबद्धता जनाएका छन्।

बाढी प्रभावित नागरिकको राहत, पुनःस्थापना र पुनर्निर्माणमा सहयोग गर्नु सबैको साझा दायित्व भएको उल्लेख गर्दै कम्पनीहरूले आफ्नो सामाजिक जिम्मेवारीअन्तर्गत उक्त सहयोग प्रदान गरेको जनाएका छन्।

यसैगरी, विपद्को समयमा बाढी प्रभावित नागरिकको उद्धार तथा सहयोगमा खटिएका उद्धारकर्मी, राहतकर्मी, सुरक्षाकर्मी, प्रशासन र स्वास्थ्यकर्मीलगायत सबै सहयोगीप्रति कम्पनीहरूले सम्मान तथा आभार व्यक्त गरेका छन्।

प्रकाशित समय : १९:३६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु