गृहपृष्ठ उद्योगीले बढाए ग्यासको मूल्य
उद्योगीले बढाए ग्यासको मूल्य
काठमाडौं । ग्यास उद्योगीले काठमाडौँ उपत्यकाका लागि ग्यास सिलिन्डरको मूल्य बढाएका छन् ।
नेपाल एलपी ग्यास उद्योग सङ्घले बिहीबार निर्णय गर्दै हाल कायम मूल्यमा १०५ रुपियाँ ३८ पैसा थपेर दुई हजार १६५ रुपियाँ ३८ पैसा नयाँ मूल्य निर्धारण गरेको हो । यसअघि ग्यासको मूल्य प्रतिसिलिन्डर २०६० रुपियाँ कायम थियो ।
सङ्घले भदौ १४ गते आइतबार कृष्णभिरमा गएको पहिरोका कारण वैकल्पिक मार्गबाट ग्यास भरण गरेर ल्याउनुपर्ने भएकाले ढुवानी लागत बढ्ने भएकाले ग्यासको मूल्य बढाउनु परेको जनाएको छ ।
प्रकाशित समय : १४:०६ बजे


















