गृहपृष्ठ शान्ति समाजद्वारा तीन लाख बाढीपीडितलाई सहयोग
शान्ति समाजद्वारा तीन लाख बाढीपीडितलाई सहयोग
बाढीले क्षति पुर्ययाएको नुवाकोटको त्रिशूली बजार
त्रिशूली (नुवाकोट),१३ भदौः
रसुवाको भोटेकोशी नदीमा बुधबार आएको बाढीले क्षतिग्रस्त भएको नुवाकोटको त्रिशूली बजार। नदीमा आएको बाढीले बस्तीका संरचनामा ठूलो क्षति पुर्याएपछि बजार क्षेत्र बगरमा परिणत भएको छ। तस्बिरः प्रदीपराज वन्त/रासस
काठमाडौं । मानव अधिकार तथा शान्ति समाजले यही भदौ १० गते रसुवाबाट सुरु भएको विनाशकारी बाढी प्रभावितहरूको सहयोगका लागि तीन लाख प्रदान गरेको छ । उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको राष्ट्रिय वाणिज्य बैंकस्थित खातामा आज जम्मा गरिएको हो ।
शान्ति समाजले स्थापना गरेको १४ वटा स्रष्टा सम्मान पुरस्कार यस वर्ष स्थगन गरिएको जनाएको छ । सोही पुरस्कारका लागि प्रत्येक वर्ष छुटाइएको दुई लाख ८० हजार र समाजका महासचिव प्रकाश शाहीबाट प्राप्त २० हजार गरी कुल तीन लाख रकम बाढीपीडितको उद्धार तथा राहतका लागि सहयोगस्वरूप प्रदान गरिएको समाजका अध्यक्ष रेनुका पौडेलले जानकारी दिइन ।
पुरस्कार स्थापनार्थ अक्षयकोषमा सहयोग गर्ने समाजसेवी बद्रीप्रसाद पहाडीको परिवार, समाजका पूर्वसभापतिहरू गोविन्द खनाल, रामकृष्ण बराल र होमकान्त चौलागाई, पूर्व वरिष्ठ उपसभापति कृष्णबहादुर रावल र पूर्वकेन्द्रीय सदस्य सुदीप रिजालको सहमतिमा उक्त रकम बाढी पीडितको सहयोगार्थ प्रदान गरिएको उनले बताए ।
विसं २०७२ को भूकम्पपश्चात् पनि पीडितको सहयोगार्थ शान्ति समाजले प्रधानमन्त्री राहत कोषमा दुई लाख सहयोग गरेको थियो भने २३ लाख ९० हजारको राहत सामग्री पीडितहरूलाई सोझै वितरण गरेको थियो ।
प्रकाशित समय : १८:०९ बजे

















