गृहपृष्ठ नुवाकोटबाट त्रिशूलीसम्मको सडक सञ्चालनमा
नुवाकोटबाट त्रिशूलीसम्मको सडक सञ्चालनमा
काठमाडौं । पूर्वाधार विकास मन्त्रालयले त्रिशूली नदीमा रहेका पुलहरूमा भएको क्षतिका कारण प्रभावित बनेको नुवाकोटको त्रिशूलीपारिको भूभागलाई यातायात सञ्जालमा जोड्ने गरी सडक सञ्चालनमा आएको जनाएको छ ।
यही भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीका कारण नुवाकोट जिल्लाका विभिन्न स्थानमा सडक सञ्जाल अवरुद्ध भएको थियो । पूर्वाधार विकास मन्त्री सुनिल लम्सालको निजी सचिवालयका अनुसार गल्छी–त्रिशूली सडकखण्डअन्तर्गत त्रिशूली पुलपारिबाट त्रिशूली नदीको दायाँ किनार हुँदै कल्लेरीटार, कोशीखोला, पिपलटार, दर्शनटार, छत्रेखोला, गौरीबेसी हुँदै त्रिशूली बजारसम्म सडक सञ्चालनमा आएको छ ।
सडक सञ्चालनमा आएसँगै नुवाकोटका धेरै नागरिकको सदरमुकामसँग पुनः पहुँच स्थापित भएको मन्त्री लम्सालको निजी सचिवालयले जनाएको छ । सडक सञ्जाल जोडिएसँगै बाढी प्रभावित क्षेत्रमा उद्धार, राहत तथा अत्यावश्यक सामग्रीको आवतजावतमा समेत सहजता हुने विश्वास लिइएको छ ।
प्रकाशित समय : १८:११ बजे


















