गृहपृष्ठ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा माछापुच्छ्रे बैंकको २ करोड १ लाख सहयोग

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा माछापुच्छ्रे बैंकको २ करोड १ लाख सहयोग

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा माछापुच्छ्रे बैंकको २ करोड १ लाख सहयोग

काठमाडौं । माछापुच्छ्रे बैंकले रसुवा जिल्लास्थित भोटेकोशी नदीमा आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित नागरिक र समुदायको राहत तथा पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २ करोड १ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ।

बैंकका अध्यक्ष रोशन केसीले उक्त रकम अर्थमन्त्री स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेका हुन्।

बाढी तथा पहिरोका कारण प्रभावित क्षेत्रमा नागरिकको जनजीवन, घर तथा सम्पत्तिमा ठूलो क्षति पुगेको अवस्थामा राहत र पुनर्स्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले बैंकले उक्त रकम उपलब्ध गराएको हो।

विनाशकारी विपत्तिलगत्तै बैंकले प्रभावित नागरिकका लागि खाद्यान्न, ओढ्ने–ओछ्याउने सामग्री तथा दैनिक उपभोग्य वस्तुसहितका राहत सामग्रीसमेत उपलब्ध गराइसकेको बैंकले बताएको छ।

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उपलब्ध गराइएको उक्त रकमले बाढी तथा पहिरो प्रभावित नागरिक र समुदायलाई तत्काल राहत उपलब्ध गराउन तथा पुनर्स्थापनाको काममा केही हदसम्म सहयोग पुग्ने बैंकले विश्वास लिएको छ।

माछापुच्छ्रे बैंकले यसअघि पनि विभिन्न प्राकृतिक विपद् तथा सामाजिक संकटका समयमा प्रभावित नागरिक र समुदायलाई राहत तथा सहयोग उपलब्ध गराउँदै आएको छ। आगामी दिनमा समेत समुदायको हित तथा विपद् प्रभावित नागरिकको सहयोगका लागि आवश्यक पहललाई निरन्तरता दिने बैंकले प्रतिबद्धता गरेको छ।

प्रकाशित समय : १८:१९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु