काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

सुरक्षा सतर्कता अपनाउन बैंक तथा वित्तीय संस्थालाई राष्ट्र बैंकको आग्रह

798
shares

ai logo सारांश

  • नेपाल राष्ट्र बैंकले वेबसाइटसम्बन्धी गम्भीर सुरक्षा जोखिम देखिएको भन्दै सुरक्षा सतर्कता अपनाउन बैंक तथा वित्तीय संस्थालाई आग्रह गरेको छ ।

नेपाल राष्ट्र बैंकले वेबसाइटसम्बन्धी गम्भीर सुरक्षा जोखिम देखिएको भन्दै सुरक्षा सतर्कता अपनाउन बैंक तथा वित्तीय संस्थालाई आग्रह गरेको छ । केन्द्रीय बैंकले आज सूचना निकालेर वेब प्रविधि अर्थात् ‘पीएचपी’मा देखिएको सुरक्षा जोखिमलाई ध्यानमा राखेर आफ्नो वेबसाइटलगायतका सेवाहरू पनि अस्थायी रूपमा बन्द गरेको जनाएको छ ।

राष्ट्र बैंकले यस अवधिमा बैंकसँग सम्बन्धित अत्यावश्यक सूचना तथा जानकारीका लागि बैंकका आधिकारिक सामाजिक सञ्जाल प्रयोग गर्न अनुरोध गरेको छ । त्यसैगरी, साइबर सुरक्षामा विशेष ध्यान दिन, आवश्यक सुरक्षा सतर्कता अपनाउन, प्रयोगमा रहेका प्रणालीलाई सुरक्षित बनाउन र नियमित सुरक्षा निगरानी बढाउन बैंक तथा वित्तीय संस्थालाई आग्रह गरेको छ ।