गृहपृष्ठ भोटेकोशी बाढीपीडितका लागि सांग्रिला डेभलपमेन्ट बैंकको ७० लाख सहयोग

भोटेकोशी बाढीपीडितका लागि सांग्रिला डेभलपमेन्ट बैंकको ७० लाख सहयोग

भोटेकोशी बाढीपीडितका लागि सांग्रिला डेभलपमेन्ट बैंकको ७० लाख सहयोग

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार, राहत तथा पुनर्स्थापनाका लागि सांग्रिला डेभलपमेन्ट बैंकले ७० लाख रुपैयाँ सहयोग गरेको छ।

बैंकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्त रकम जम्मा गरेको जनाएको छ। सहयोग रकममध्ये बैंकको संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत ५० लाख रुपैयाँ र बैंकका कर्मचारीका तर्फबाट २० लाख रुपैयाँ संकलन गरिएको हो।

बाढीबाट प्रभावित क्षेत्रमा तत्काल राहत तथा उद्धारसँगै दीर्घकालीन पुनर्स्थापना र भौतिक संरचनाको पुनर्निर्माणमा सहयोग पुर्‍याउने उद्देश्यले रकम उपलब्ध गराइएको बैंकले जनाएको छ।

सहयोग रकमको चेक सांग्रिला डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेका हुन्।

भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीले ठूलो जनधनको क्षति पुर्‍याएको थियो। बाढीमा सयौं नागरिकको मृत्यु भएको, धेरै व्यक्ति सम्पर्कविहीन रहेको तथा ठूलो संख्यामा परिवार विस्थापित भएको उल्लेख गर्दै बैंकले मृतकप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेको छ।

विपद्पछि प्रभावित क्षेत्रमा खोज तथा उद्धारको कामसँगै राहत र पुनर्स्थापनाका लागि सरकारी तथा निजी क्षेत्रबाट सहयोग जुट्ने क्रम जारी छ। यसैक्रममा सांग्रिला डेभलपमेन्ट बैंकले पनि राहत तथा पुनर्निर्माणमा सहयोग पुर्‍याउने उद्देश्यले कोषमा रकम उपलब्ध गराएको हो।

बैंकले यसअघि पनि विभिन्न प्राकृतिक विपद्का समयमा आर्थिक, भौतिक तथा मानवीय सहायता उपलब्ध गराउँदै आएको छ।

हाल बैंकले देशभर १०९ शाखा र ३० वटा एटीएममार्फत सेवा प्रवाह गर्दै आएको छ।

प्रकाशित समय : १८:०२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु