गृहपृष्ठ पनौती नगरपालिकाले बाढी प्रभावितलाई ३० लाख सहयोग गर्दै
पनौती नगरपालिकाले बाढी प्रभावितलाई ३० लाख सहयोग गर्दै
काभ्रे । पनौती नगरपालिकाले रसुवा बाढी प्रभावित नागरिकको उद्धार, राहत र सहयोगका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३० लाख उपलब्ध गराउनेभएको छ ।
नगरप्रमुख रामशरण भण्डारीले विसं २०८१ असोज दोस्रो सातामा पनौती नगरपालिकाले बाढी तथा पहिरोको पीडा भोगेको स्मरण गर्दै भोटेकोशी बाढी प्रभावितलाई सहयोग उपलब्ध गराउने निर्णय भएको जानकारी दिए ।
उनले भने, “हामीले दुई वर्षअघि बाढी तथा पहिरोको पीडा भोगेका थियौँ । अहिले भोटेकोशी बाढीबाट प्रभावित नागरिकको पीडामा सहयोग गर्ने निर्णय गरेका छौँ ।” उनका अनुसार, नगर कार्यपालिकाको आजको बैठकले उक्त उद्धार कोषमा ३० लाख उपलब्ध गराउने निर्णय गरेको हो ।
प्रकाशित समय : १७:५५ बजे


















