गृहपृष्ठ परराष्ट्रमन्त्री खनाल र सिङ्गापुरका परराष्ट्रमन्त्रीबीच टेलिफोन वार्ता

परराष्ट्रमन्त्री खनाल र सिङ्गापुरका परराष्ट्रमन्त्रीबीच टेलिफोन वार्ता

परराष्ट्रमन्त्री खनाल र सिङ्गापुरका परराष्ट्रमन्त्रीबीच टेलिफोन वार्ता

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल र सिङ्गापुरका विदेशमन्त्री डा भिभियन बालकृष्णनबीच आज टेलिफोन वार्ता भएको छ ।

सिङ्गापुरका विदेशमन्त्री डा बालकृष्णनले परराष्ट्रमन्त्री खनाललाई बाढीपहिरोबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै नेपालप्रति ऐक्यबद्धता जनाएको परराष्ट्र मन्त्रालयले बताएको छ ।

वार्ताका क्रममा मन्त्री डा बालकृष्णनले विपद्पछिको खोज, उद्धार तथा राहत व्यवस्थापनका क्रममा नेपाली अधिकारीहरुले समन्वयकारी भूमिकासहित छिटोछरितो ढङ्गबाट गरेको कामको प्रशंसा गरे । उनले नेपालको आवश्यकताका आधारमा सिङ्गापुर सरकार मानवीय सहायता उपलब्ध गराउन तयार रहेको बताए । सिङ्गापुरले जारी खोज तथा राहत कार्यमा सहयोग पु-याउन विपद् पीडित पहिचान टोली र ड्रोन सहयोग उपलब्ध गराउने तयारी गरेको छ ।

रसुवा, नुवाकोटलगायतका क्षेत्रमा यही भदौ १० गएको बाढीबाट ठूलो जनधनको क्षति भएपछि प्रभावित क्षेत्रमा खोज, उद्धार तथा राहत कार्य जारी रहेका बेला उनिहरुबीच उक्त टेलिफोन वार्ता भएको हो ।

प्रकाशित समय : १७:५८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु