गृहपृष्ठ घट्यो नेप्से, काराेबार रकम कति ?
घट्यो नेप्से, काराेबार रकम कति ?
बुधबार पनि सेयर बजार घटेको छ । नेपाल स्टक एक्सचेन्जको अनुसार बुधबार सेयर बजार ७.७२ अंकले घटेर १९२१.९९ विन्दुमा पुगेको छ ।
नेप्सेको अनुसार बुधबार २८ लाख ३९ हजार ३७३ कित्ता सेयर कारोबार हुँदा एक अर्ब दुई करोड २२ लाख रुपैयाँको कारोबार भएको छ ।
आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये उत्पादन तथा प्रशोधन र व्यापार समूहको परिसूचक ०.८० र ०.२९ प्रतिशतले बढेको छ भने बाँकी सबै समूहको परिसूचक घटेको छ । यस दिन अन्य समूहको परिसूचक सर्वाधिक ०.७८ प्रतिशतले घटेको छ ।
आज दुई कम्पनीको सेयरमा सर्किट लागेको छ । सर्किट लाग्नेमा सिभिल बैंक र घलेम्दी हाइड्रोपावर कम्पनी रहेको छ । बुधबार सिभिल बैंकको सेयर मूल्य २१.३० रुपैयाँले र घलेम्दीको सेयर १८.६० रुपैयाँले वृद्धि भएको छ ।
यस्तै, आज स्ट्याण्डर्ड चार्टड बैंकले सबैभन्दा बढी गुमाएको छ । बैंकको सेयर २१ रुपैयाँले घटेर ४१८ रुपैयाँ कायम भएको छ ।
प्रकाशित समय : १५:३८ बजे




















