गृहपृष्ठ मीको ‘गोल-डेन अफर’मा ७५ इन्चको टीभी जित्ने अवसर
मीको ‘गोल-डेन अफर’मा ७५ इन्चको टीभी जित्ने अवसर
स्मार्टफोन र टीभी कम्पनी शाओमीले वर्ल्ड कप २०२२ लाई लक्षित गरेर आफ्ना ग्राहकहरुको लागि आकर्षक अफर ल्याएको छ । अफरअन्तर्गत ग्राहकहरुले मी अथवा रेडमी टेलिभिजन खरिद गर्दा ७५ इन्चको मी क्यु एलइडि टेलिभिजन जित्ने गोल-डेन अवसर प्राप्त गर्न सक्नेछन् ।
शाओमी नेपालका कन्ट्री जेनेरल म्यानेजर अमित कुमार पण्डाले फिफा वर्ल्डकप सबै फुटबलप्रेमीहरुको एकदमै प्रतिक्षित समय भएको उल्लेख गरे । ‘वर्ल्डकप हेर्नकै लागि भनेर नयाँँ टेलिभिजन किन्ने समय कुरेर बस्ने ग्राहकहरु धेरै हुन्छन्’, उनले भने, ‘यही कुरालाई मध्यनजर गरेर हामीले हाम्रा मी ग्राहकहरुको लागि गोल-डेन अफर ल्याएका छौँ। वहाँँहरुको मी अथवा रेडमी टेलिभिजन खरिद गर्ने गोल-डेन रहरलाई अझै रोमाञ्चक बनाउन पाउँदा हामी पनि धेरै उत्साहित छौँ ।’
अफरअन्तर्गत कुनै पनि मी अथवा रेडमी टेलिभिजन खरिद गर्दा एक जना भाग्यशाली ग्राहकले २ लाख ९९ हजार ९९९ रुपैयाँ मूल्य बराबरको ७५ इन्चको मी क्यूएलईडी टेलिभिजन जित्ने मौका पाउनेछन् । त्यस्तै अन्य ग्राहकहरुले दैनिक रुपमा ४५ हजार ९९९ रुपैयाँ बराबरको एयर प्युरिफायर ३, स्मार्ट एयर फ्रायर, एयर कम्प्रेसर, बियर्ड ट्रिमर र इलेक्ट्रिक टुथब्रश पनि जित्न सक्नेछन् ।
लक्की ड्रमा सहभागी हुन टीभीमा भएको कोड स्क्यान गर्नुपर्ने हुन्छ अथवा टीभीको सिरियल नम्बर ३१००७ मा पनि एसएमएस गर्नुपर्ने हुन्छ । यो अफर मंसिर ४ देखि पुस ३ गतेसम्म लागू हुने कम्पनीले जनाएको छ ।
प्रकाशित समय : १६:१८ बजे




















