global ime bank Long Banner Ad

गृहपृष्ठ इंग्ल्यान्डले जित्याे उपाधि

इंग्ल्यान्डले जित्याे उपाधि

इंग्ल्यान्डले जित्याे उपाधि

‘आइसीसी टी-२० पुरुष विश्वकप क्रिकेट २०२२’को उपाधि इंग्ल्यान्डले जितेको छ । इंग्ल्यान्डले दोस्रो पटक टी-२० विश्वकप क्रिकेटको उपाधि जितेको हो ।

अष्ट्रेलियाको मेलबर्न क्रिकेट मैदानमा आइतबार सम्पन्न फाइनलमा पाकिस्तानलाई ५ विकेटले हराउँदै इंग्ल्यान्ड च्याम्पियन बनेको हो । पाकिस्तानले दिएको १ सय ३८ रनको लक्ष्य इंग्ल्यान्डले १९ ओभरमा ५ विकेट गुमाएर पूरा गर्‍याे ।

इंग्ल्यान्डको जितमा बेन स्टोक्सले सर्वाधिक ५२ रनको अर्धशतकीय इनिङ खेले । लियाम लिभिङस्टोन १ रनमा अविजित रहे । कप्तान जोस बट्लर २६ रनमा आउट हुँदा ह्यारी ब्रुकले २० रन जाेडे । मोइन अली १९ रन, फिल साल्ट १० रनमा आउट भए भने एलेक्स हेल्स १ रनमा आउट भए । पाकिस्तानका हरिस राउफले २ तथा शादब खान, मोहमद वासिम र शाहिन शाह अफ्रिदीले १/१ विकेट लिए ।

टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानले २० ओभरमा ८ विकेट गुमाएर १ सय ३७ रन बनाएको थियो । पाकिस्तानका लागि शान मसुदले सर्वाधिक ३८ रन जोडे । कप्तान बाबर आजमले ३२ रन जोड्दा मोहमद रिजवानले १५ रन बनाए । शादब खानले २० रन जोड्दा मोहमद हरिस ८ रन, मोहमद वासिम ४ रन, मोहमद नवाज ३ रन तथा इफ्तिखर अहमेद सुन्य रनमा आउट भए । शाहिन साह अफ्रिदी ५ रनमा अविजित रहदा हरिस राउफले अविजित १ रन बनाए ।

इंग्ल्यान्डका साम करनले ३ विकेट लिए । घातक बलिङ गरेका उनले ४ ओभरमा मात्र १२ रन खर्चिए । क्रिस जोर्डन र आदील राशिदले २/२ विकेट लिए । बेन स्टोक्सको नाममा १ विकेट रह्यो ।

इंग्ल्यान्डले सेमिफाइनलमा भारतलाई १० विकेटले हराएको थियो । पाकिस्तानले न्युजिल्यान्डलाई सात विकेटले हराउँदै फाइलनमा स्थान बनाएको हाे ।

प्रकाशित समय : १७:२५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु