एमाले अध्यक्ष ओलीले आज तीन जिल्लामा चुनावी सभालाई सम्बोधन गर्ने
वि.सं.२०७९ कात्तिक २१ सोमवार ०९:५५
shares

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सोमबार तीन जिल्लामा आयोजना हुने चुनावी आमसभालाई सम्बोधन गर्ने भएका छन् ।
अध्यक्ष ओलीले गण्डकी प्रदेशका कास्की, बागलुङ र स्याङ्जामा आयोजना हुने आमसभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ । आमसभाका लागि ओली आज बिहान पोखरा जाँदैछन् ।

























