रामकृष्ण ढकालको ‘ए माया जुनकिरी’ सार्वजनिक
वि.सं.२०७९ कात्तिक २१ सोमवार ०९:४७
shares

गायक रामकृष्ण ढकाल र गायिका बेनिषा पौडेलको स्वरमा रहेको गीत ‘ए माया जुनकिरी’ सार्वजनिक भएको छ ।
गीतको भिडियोमा अभिनेता आकाश श्रेष्ठ र अनुषा अधिकारीको रोमान्स रहेको छ । प्रेमकथा बुनिएको भिडियो निकेश खड्काले निर्देशन गरेका हुन् । गोविन्द कँडेल ‘आँशु’ को शब्द रहेको गीतमा दीपक शर्माले संगीत दिएका छन् । गीतमा संगीत संयोजन राजेन्द्र बजगाईंले गरेका छन् ।
भिडियो गायक ढकालले आफ्नै युट्युब च्यानलबाट सार्वजनिक गरेका हुन् ।
भिडियाे :

























