गृहपृष्ठ कांग्रेसलाई जिताउने जिम्मा माओवादीको : वर्षमान

कांग्रेसलाई जिताउने जिम्मा माओवादीको : वर्षमान

कांग्रेसलाई जिताउने जिम्मा माओवादीको : वर्षमान

नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन (अनन्त)ले नेपाली कांग्रेसलाई जिताउने जिम्मा माओवादीको भएको बताएका छन् ।

रोल्पाको प्रदेश (ख)मा माओवादी केन्द्रका दीपेन्द्र पुन (सिजल)ले बागी उम्मेदवारी दिएका छन् । सो प्रदेशमा कांग्रेसका अमरसिंह पुन सत्ता गठबन्धनका साझा उम्मेदवार छन् । यसै केन्द्रीत अभिव्यक्ति दिएका पुनले राजनीतिमा भित्री र बाहिरी कुरा नहुने भन्दै कांग्रेसका पुनलाई जिताउने जिम्मा माओवादीले लिने उल्लेख गरे ।

वर्तमान सत्ता गठबन्धन कम्तिमा पाँच वर्षसम्म कायम रहने उनको भनाइ छ । अहिलेको निर्वाचन प्रणालीले कुनै एक दललाई बहुमत नदिने भन्दै पाँच वर्षसम्म गठबन्धन कायम हुने उनले बताएका हुन् ।

लोकतान्त्रिक–वाम गठबन्धनद्वारा रोल्पामा आयोजित कार्यक्रममा पुनले ओली तन्त्रबाट मुलुकलाई मुक्त गर्न गठबन्धन बनेको समेत बताए ।

प्रकाशित समय : १०:३५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु