global ime bank Long Banner Ad
IME Pay

गृहपृष्ठ कोरोना बिमाको रकम भुक्तानी यही साता गरिने

कोरोना बिमाको रकम भुक्तानी यही साता गरिने

कोरोना बिमाको रकम भुक्तानी यही साता गरिने

भुक्तानी रोकेको करिब डेढ वर्षपछि बिमा कम्पनीहरूले कोरोना बिमाको भुक्तानी सुरु गर्ने भएका छन् । सरकारबाट १ अर्ब र बाँकी सरोकारवालाबाट करिब ८१ करोड ८४ लाख रुपैयाँ संकलन भएपछि कम्पनीहरूले यही सातादेखि भुक्तानी सुरु गर्न लागेका हुन् ।

सरकारले पैसा नदिएको भन्दै बिमा कम्पनीहरूले ०७७ चैतदेखि कारोना बिमाको भुक्तानी रोकेका थिए । अहिले ढिलोमा सोमबार वा मंगलबारदेखि नै भुक्तानी सुरु गर्न कम्पनीहरूलाई बिमा समितिले निर्देशन दिएको छ ।

रकम भुक्तानीका लागि बिमा समितिले सरकारबाट आएको एक अर्ब रुपैयाँ र आफूले दायित्व बहन गर्नुपर्ने ८ प्रतिशत बराबर रकम शुक्रबार नै बिमक संघको बैंक खातामा स्थानान्तरण गरि पठाएको छ ।

मापदण्डअनुसार पहिलो चरणमा राष्ट्रसेवक कर्मचारी र संघसंस्थाले बिमा शुल्क तिरेर कोरोना बिमा गर्नेहरूले भुक्तानी पाउने छैनन् । सर्वसाधारणमध्ये पनि कोरोनाको ‘पीसीआर पोजिटिभ’ रिपोर्टका आधारमा पहिला दाबी गर्नेलाई भुक्तानीमा पनि पहिलो प्राथमिकता दिइने मापदण्डमा उल्लेख छ ।

प्रकाशित समय : १०:१७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु