काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

कसलाई रोज्ला हुम्लाले ?

11.45K
shares

हुम्लामा प्रतिनिधिसभाका लागि तीन जना चुनावी मैदानमा छन् । सत्ता गठबन्धनबाट माओवादी केन्द्रका छिरिङ डम्डुल लामा, नेकपा एमालेबाट दल रावल र राप्रपाबाट तेजबहादुर रावत प्रतिनिधिसभा सदस्यका लागि भिड्दै छन् ।

हुम्ला त्यहीँ क्षेत्र हो, जसले ०७४ को निर्वाचनमा बागी उम्मेद्वारलाई संसद् पठाएको थियो । खसेको २० हजार ८ सय ३४ मत मध्ये ८ हजार ४ सय ९१ मतसहित बागी उम्मेद्वार छक्कबहादुर लामा संसद् प्रवेश गरे ।

त्यतिबेला, बलिया उम्मेद्वार कांग्रेसका मङगलबहादुर शाहीले ८ हजार ४ सय ४४ मत प्राप्त गरेर हार व्यहोरे भने वाम गठबन्धनतर्फका उम्मेद्वार माओवादी केन्द्रका छिमी दोर्ची लामाले २ सय ८ सय ५६ मत प्राप्त गरेका थिए ।

वाम गठबन्धनबाट निकट नपाएपछि दोर्चीविरुद्ध छक्क बागी बनेका थिए । उनलाई माओवादी नेता कार्यकर्ताको पूर्ण सहमत थियो । तर, ०७९सालसम्म आइपुग्दा हुम्लाको राजनीतिक सिनारियो निक्कै बद्लियो ।

छक्कले माओवादी केन्द्रलाई छोडेनन् मात्र एमाले प्रवेश गरे लगत्तै आगामी निर्वाचनमा प्रदेशतर्फ उम्मेद्वार बनेका छन् । अहिले सो क्षेत्रमा गतिलो उम्मेद्वार नपाउँदा मूर्तिचोरीको अभियोगमा जेल जीवन बिताएकालाई माओवादी केन्द्रले उम्मेद्वार बनाएको छ । जो सत्ता गठबन्धनका उम्मेद्वार हुन् । उनको प्रतिस्पर्धा भने एमालेका दल रावलसँग हुँदैछ ।

रावल तिनै हुन् जसले ०७४ मा प्रदेशतर्फ हुम्ला (क)बाट विजयी भएर कर्णाली प्रदेश सरकारको सामाजिक विकास मन्त्री भए । अहिले छिरिङ डम्डुललाई पराजित पारेर प्रतिनिधिसभामा आउने दाउमा छन् उनी ।

तर, कमजोर संगठन र गठबन्धनका कारण उनको योजना सफल भने हुँदैन । हुम्लामा, कांग्रेस र माओवादी प्रतिस्पर्धी दल हुन् । अहिले उनीहरु नै मिलेर चुनावमा गएका छन् ।

जहाँ एमालेको संगठन कमजोर त थियो नै, त्यसमाथि पनि एमाले विभाजन भएर बनेको एकीकृत समाजवादी सत्ता गठबन्धन दलको घटक भएका कारण उसको समर्थन सत्ता गठबन्धनका उम्मेद्वारलाई नै हुन्छ ।

कथाचित् सक्षम उम्मेद्वारलाई हुम्लावासीले प्रतिनिधिसभामा पठाउने सोच राखे, सत्ता गठबन्धनका छिरिङ, राप्रपाका तेजबहादुरभन्दा एमालेका दल रावल भने जनताका चासो र गुनासो सिधा सदनमा पुर्‍याउन सक्ने व्यक्ति हुन् । तर, यो समयमा त्यो सम्भावना कम छ ।