काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

जिफन्टले सुरु गरयो श्रम तथा ट्रेड युनियनसम्बन्धी एआई पुस्तकालय

819
shares

काठमाडौं । नेपाल ट्रेड युनियन महासंघ ९जिफन्ट०ले श्रम तथा ट्रेड युनियन आन्दोलनसँग सम्बन्धित १० हजारभन्दा बढी ऐतिहासिक दस्तावेजलाई कृत्रिम बुद्धिमत्ता ९एआई०मा आधारित डिजिटल पुस्तकालयमा रूपान्तरण गरेको छ ।

जिफन्टको अर्गनाइजिङ एकेडेमीअन्तर्गत सन् १९९४ मा स्थापना भएको राष्ट्रिय श्रम स्रोत केन्द्र ९एनएलआरसी०ले आइतबार एक कार्यक्रमबीच ‘¥याकदेखि स्क्रिनसम्म’ अवधारणासहित डिजिटल पुस्तकालय सार्वजनिक गरेको हो ।

पुस्तकालयमा श्रम तथा ट्रेड युनियन आन्दोलनसँग सम्बन्धित पुस्तक, अनुसन्धान प्रतिवेदन, तस्बिर, भिडियो तथा अन्य ऐतिहासिक सामग्री समेटिएका छन् । एआईको सहायताले ट्रेड युनियन अभियन्ता, प्रशिक्षक, विद्यार्थी तथा अनुसन्धानकर्ताले आवश्यक सूचना केही सेकेन्डमै खोज्न सक्ने जिफन्टले जनाएको छ ।

सोही अवसरमा श्रम इतिहासमा आधारित ‘द्वन्द्वदेखि सह–अस्तित्वसम्म’ नामक पुस्तकसमेत विमोचन गरिएको थियो ।

कार्यक्रमका आईटीयूसी–एपीका महासचिव शोया योशिदाले जिफन्टको पहलको प्रशंसा गर्दै यसले एसियासहित विश्वभरको मजदुर आन्दोलनलाई सहयोग पुग्ने बताए ।

जिफन्टका संरक्षक विष्णु रिमालले केन्द्रमा १० हजारभन्दा बढी पुस्तक तथा ऐतिहासिक सामग्री सङ्कलन रहेको जानकारी दिए । हाल परीक्षण चरणमा रहेको एआई पुस्तकालयको सेवा लिन प्रयोगकर्ताले अनामनगरस्थित राष्ट्रिय श्रम स्रोत केन्द्रमा पुग्न सक्नेछन् । आगामी दिनमा सेवा एपमार्फत विस्तार गर्ने जिफन्टको योजना छ ।