काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

विपद्का कारण विभिन्न जिल्लाका पाँच स्थानमा सडक अवरुद्ध

609
shares

काठमाडौं । विपद्का कारण देशका विभिन्न जिल्लाका पाँच स्थानमा सडक तथा पुल अवरुद्ध भएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको विवरणअनुसार सोमबार बिहान ७ बजेसम्म बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका विभिन्न स्थानमा सडक अवरुद्ध भएका हुन् ।

विवरणअनुसार काभ्रेको रोशी गाउँपालिका–९ पिन्थली र रोशी गाउँपालिका–८ गिम्दीबेँसीमा पहिरोका कारण अवरुद्ध भएको बीपी राजमार्ग एकतर्फी सञ्चालनमा आएको छ । उक्त स्थानमा कात्तिक १४ गते बिहान ४ः५५ बजेदेखि सडक अवरुद्ध भएको थियो ।

त्यस्तै, गोरखाको आरुघाट गाउँपालिका–२ र ३ स्थित सोतीदेखि मान्बु जाने पुल बाढीका कारण असोज २५ गते बिहान ५ः३० बजेदेखि पूर्ण रूपमा अवरुद्ध छ ।लुम्बिनी प्रदेशको अर्घाखाँचीस्थित सन्धिखर्क नगरपालिका–६ नरपानीमा पहिरोका कारण अवरुद्ध भएको सन्धिखर्क–गोरुसिङ्गे सडकखण्ड पनि एकतर्फी सञ्चालनमा आएको छ । उक्त सडक कात्तिक १५ गते बिहान ४ः१५ बजेदेखि अवरुद्ध भएको थियो ।

यस्तै, कर्णाली प्रदेशको सुर्खेतस्थित बराहताल गाउँपालिका–७ औलिसेमा पहिरोका कारण अवरुद्ध भएको कर्णाली राजमार्ग एकतर्फी सञ्चालनमा आएको छ । उक्त सडक कात्तिक १४ गते बिहान ५ः५५ बजेदेखि अवरुद्ध भएको थियो ।

यसैगरी, पृथ्वी राजमार्गअन्तर्गत चितवनको बेनीघाट रोराङ गाउँपालिका–९ भालुवाटारमा पुल निर्माण तथा सडक स्तरोन्नतिको कामका कारण सडक पूर्ण रूपमा अवरुद्ध रहेको विवरणमा उल्लेख छ ।