गृहपृष्ठ सुन-चाँदीकाे मूल्यमा सामान्य वृद्धि
सुन-चाँदीकाे मूल्यमा सामान्य वृद्धि

मंगलबार नेपाली बजारमा सुन-चाँदीको मूल्यमा सामान्य वृद्धि भएकाे छ । आज छापावाल सुन प्रतितोला ९३ हजार एक सय रुपैयाँ र तेजाबी सुन प्रतितोला ९२ हजार छ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।
याे मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला एक सय रुपैयाँ बढेको हो । सोमबार सुनको मूल्य स्थिर रहेको थियो । सोमबार छापावाल सुन प्रतितोला ९३ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला ९२ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी, मंगलबार चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी प्रतितोला १२ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ । सोमबारको तुलनामा आज चाँदी प्रतितोला १५ रुपैयाँ बढेको हो ।
प्रकाशित समय : ११:२३ बजे