गृहपृष्ठ काठमाडौंमा भूकम्पको धक्का
काठमाडौंमा भूकम्पको धक्का
काठमाडौंमा आज दिउँसाे भूकम्पको धक्का महसुस भएको छ । अहिले ३ बजेर ८ मिनेट जाँदा काठमाडौंमा भूकम्पको धक्का महसुस भएको हो ।
भूकम्पकाे केन्द्रविन्दु कहाँ हाे र कति रेक्टर स्केलकाे हाे भन्ने विवरण आइनसकेकाे भूकम्प मापन केन्द्रले जनाएकाे छ । काठमाडाैं आसपासकाे क्षेत्रमा समेत धक्का महसुस गरिएकाे बताइएकाे छ । भूकम्पपछि मानिसहरू घरबाहिर निस्किएका छन् ।
प्रकाशित समय : १५:१२ बजे


















