गृहपृष्ठ कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक शुक्रबार बस्ने
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक शुक्रबार बस्ने
काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक शुक्रबार बिहान ११ः०० बजे बस्ने भएको छ । पार्टीको केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा समितिका सदस्यहरूलाई उपस्थितिका लागि अनुरोध गरिएको समितिका सचिव दिनेश थापामगरले जानकारी दिए ।
यसैगरी कांग्रेसको आगामी असोज १६ गतेदेखि १९ गतेसम्म हुने १५औँ केन्द्रीय महाधिवेशनका सन्दर्भमा जिल्ला निर्वाचन अधिकृतसँगको ‘भर्चुअल’ बैठक गर्ने सचिव थापामगरले बताए ।
कांग्रेस केन्द्रीय निर्वाचन समितिले प्रकाशित निर्वाचन कार्यतालिकाबमोजिम विभिन्न जिल्लामा निर्वाचन सम्पन्न गर्न तोकिएका निर्वाचन अधिकृतसँगको यही भदौ ६ गते भर्चुअल बैठक गर्ने समितिका संयोजक प्रेमबहादुर खड्काले जानकारी दिए ।
प्रकाशित समय : १८:५७ बजे
















