काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

सडक नाटकमार्फत सुरक्षित मातृत्वबारे सचेतना

378
shares

हुम्ला. गर्भवती महिला र गर्भमा रहेको शिशुको स्वास्थ्य सुरक्षाका लागि नियमित स्वास्थ्य परीक्षण तथा स्वास्थ्य संस्थामै प्रसूति गराउनुपर्ने सन्देशसहित हुम्लाका विभिन्न समुदायमा सडक नाटकमार्फत जनचेतना फैलाइएको छ ।

नाटकमा गर्भवती महिलाले गर्भावस्थामा कम्तीमा आठपटक प्रश्रवपूर्व स्वास्थ्य परीक्षण गराउनुपर्ने विषयलाई विशेष जोड दिइएको सडक नाटकका सहजकर्ता एवं युथ क्लबका सदस्य ऐटन रावलले बताए।

अझै पनि गर्भावस्थामा नियमित स्वास्थ्य परीक्षण नगराउने, स्वास्थ्यकर्मीको परामर्श नलिने र घरमै प्रसूति गराउने प्रवृत्ति रहेकाले आमा र नवजात शिशुको स्वास्थ्य जोखिममा पर्ने अवस्थालाई नाटकमा यथार्थपरक रूपमा प्रस्तुत गरिएको उgले जानकारी दिए।

नाटकले समुदायमा विद्यमान अन्धविश्वास, गलत सामाजिक मान्यता र स्वास्थ्यसम्बन्धी चेतनाको कमीलाई उजागर गर्दै गर्भवती महिलालाई नियमित स्वास्थ्य परीक्षण गराउन र स्वास्थ्य संस्थामै प्रसूति गराउन प्रेरित गरेको छ ।

स्थानीय जनजीवनसँग नाटकलाई जोडेर प्रभावकारी बनाउन देउडा गीत प्रस्तुत गरिएको थियो । सडक नाटक, देउडा प्रतियोगिता, वक्तृत्वकला र चित्रकला प्रदर्शनीलगायत कार्यक्रममार्फत दुर्गम बस्तीका नागरिकलाई सामाजिक कुरीति, अन्धविश्वास र विभेदविरुद्ध सचेत बनाउने प्रयास भइरहेको छ ।