गृहपृष्ठ मुख्यमन्त्री थापाद्वारा पद तथा गोपनीयताको शपथ ग्रहण
मुख्यमन्त्री थापाद्वारा पद तथा गोपनीयताको शपथ ग्रहण
हेटौँडा । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापा मगरले पद तथा गोपनीयताको शपथ ग्रहण गरेको छ । हेटौँडास्थित प्रदेश प्रमुखको कार्यालयमा आज आयोजित समारोहमा प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले मुख्यमन्त्री थापालाई पद तथा गोपनीयताको शपथ गराएको हो ।
उनले नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम मुख्यमन्त्री नियुक्त भएको हो । नेपाल कम्युनिष्ट पार्टी (एमाले), नेपाली कम्युनिष्ट पार्टी (नेकपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को समर्थनमा मुख्यमन्त्री बनेका थापालाई ६३ प्रदेशसभा सदस्यको समर्थन रहेको छ । उनलाई एमालेका २५, नेकपाका २६ र राप्रपाका १२ प्रदेशसभा सदस्यले समर्थन गरेको हो ।
प्रकाशित समय : १८:२० बजे
















