गृहपृष्ठ सर्वोच्चद्वारा नेपाल वायुसेवा निगमका अध्यक्ष श्रेष्ठको नियुक्ति बदर
सर्वोच्चद्वारा नेपाल वायुसेवा निगमका अध्यक्ष श्रेष्ठको नियुक्ति बदर
सर्वोच्च अदालतले नेपाल वायु सेवा निगमको अध्यक्षमा महेश्वरभक्त श्रेष्ठलाई गरेको नियुक्ति बदर गर्ने फैसला सुनाएको छ ।
बिहीबार सर्वोच्चका न्यायाधीशद्वय सुनिलकुमार पोखरेल र बालकृष्ण ढकालको इजलासले नियुक्ति बदर गरेको हो । निगम सञ्चालक समिति सदस्य उपेन्द्रबहादुर कार्कीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को सचिवालयसमेत ५ जनालाई विपक्षी बनाएर असार ३२ मा सर्वोच्चमा रिट दायर गरेका थिए ।
निगम सञ्चालक समिति सदस्यको नियुक्तिमा योग्यताक्रमको पहिलो नम्बरमा रहेका कार्कीलाई अध्यक्ष नबनाई सरकारले योग्यताक्रममा पछाडि परेका श्रेष्ठलाई जिम्मेवारी दिएको भन्दै उक्त रिट दायर भएको थियो ।
सर्वोच्चको आदेशसँगै श्रेष्ठ कार्यकारी अध्यक्षको जिम्मेवारीबाट पदमुक्त भएका छन् । अदालतको निर्णयपछि अब नेपाल वायुसेवा निगमको नेतृत्वसम्बन्धी नयाँ प्रक्रिया अघि बढ्ने भएको छ ।
प्रकाशित समय : २२:१३ बजे

















