गृहपृष्ठ इन्द्रायणी द्योछें पुनर्निर्माण सम्पन्न

इन्द्रायणी द्योछें पुनर्निर्माण सम्पन्न

इन्द्रायणी द्योछें पुनर्निर्माण सम्पन्न

ख्वप । भक्तपुरको खौमा रहेको इन्दायणी द्योछें(देवता घर) पुनर्निर्माण सम्पन्न भएको छ । भक्तपुर नगरपालिका–२ मा रहेको ऐतिहासिक देवता घरको आज नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंले एक समारोहबीच उदघाटन गरे ।

उपभोक्ता समितिका अध्यक्ष विनोदचरण रायका अनुसार कुल तीन करोड ७६ लाखमा देवता घरको पुनर्निर्माण सम्पन्न भएको हो । भक्तपुर नगरपालिकाबाट दुई करोड ७६ लाख र चन्दादाताबाट ६३ लाख ९४ हजार सङ्कलन गरिएको उनले बताए । त्यस्तै, करिब १७ लाख बराबरको भौतिक सहयोग तथा हजारौँ स्थानीयको श्रमदानबाट पुनर्निर्माण कार्य सम्पन्न गर्न योगदान पुगेको अध्यक्ष रायले उल्लेख गरे ।

मन्दिरको नियमित मर्मतसम्भारका लागि २० लाखको छुट्टै अक्षयकोष स्थापना गरिएको थियो । प्रत्येक वर्ष कम्तीमा एक पटक मन्दिरको मर्मतसम्भार गर्ने उद्देश्यले उक्त कोष स्थापना गरिएको र कोषमा थप सहयोग जुटाउने क्रम जारी रहेको उपभोक्ता समितिका सचिव कृष्णश्वरी हाडाले बताए । मन्दिरको उद्घाटन गर्दै अध्यक्ष बिजुक्छेंले जनप्रतिनिधिहरुले इमान्दारिताका साथ काम गर्नुपर्ने बताए । उनले जनताको रकम एक पैसा पनि हिनामिना हुन दिन नहुने बताए। भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति, बागमती प्रदेशसभाका सदस्यद्वय सुरेन्द्रराज गोसाई र सृजना सैंजू, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको संस्कृति महाशाखा प्रमुख सौभाग्य प्रधानाङ्ग, भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशी, भक्तपुरका प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्कालगायतले ऐतिहासिक मन्दिरको महत्वबारे चर्चा गरे ।

प्रकाशित समय : १८:१२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु