गृहपृष्ठ दोहोरो अंकले घट्यो नेप्से, ६४ कराेडकाे काराेबार
दोहोरो अंकले घट्यो नेप्से, ६४ कराेडकाे काराेबार
आज बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक दाेहाेराे अंकले घटेको छ । कारोबार समयदेखि ओरालो लागेको नेप्से १२.८१ अंकले घटेर १८४५.५१ अंकमा पुगेर रोकिएको छ । यस्तै, सेन्सेटिभ समूहमा २.६६ अंक घटेर ३६२ अंकमा पुगेर रोकिएको छ ।
यस क्रममा आज २१ लाख ५१ हजार कित्ता सेयर किनबेच भएर ६४ करोड ३६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । होटल र टुरिज्म समूहमा ३९.९९ अंकको सुधार आउँदा म्यूचुअल फण्ड समूहमा ०.०२ अंकको सुधार आएको छ । यसबाहेक, आज निर्जीवन बिमा समूहमा ५५ अंकको गिरावट आएको छ । यस्तै, विकास बैंक समूह ४५ अंक, उत्पादनमूलक ४२, वित्त समूह ३९ अंक र जलविद्युत समूह ३५ अंकले घटेको छ ।

परिसूचक घटे पनि आज २ वटा कम्पनीको सेयर मूल्य भने सकरात्मक सर्किट लागेको छ । अभियान लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य १० प्रतिशत बढेर प्रतिकित्ता ८८८ रुपैयाँ पुगेको छ । यस्तै, सयपत्री हाइड्रोपावर लिमिटेडको सेयर मूल्य ९.९९ प्रतिशतले बढेको छ । यससँगै, यो कम्पनीको सेयर मूल्य प्रतिकित्ता २३५ रुपैयाँ पुगेको छ ।
आज पिपुल्स पावरका सेयरधनीहरुले धेरै गुमाए । यो कम्पनीको सेयरमूल्य ७ प्रतिशत बढीले ओरालो लागेको छ । त्यस्तै, सामलिङ पावर, विन लघुवित्त, रिभर फल्स, कुमारी धनवृद्धि योजना, रुरु जलविधुत्, मन्दाकिनी हाइड्रोपावर, श्वेत गंगा र युनाइटेड मोदी हाइड्रोको सेयर ओरालो लागेको छ ।
प्रकाशित समय : १५:३९ बजे


















