गृहपृष्ठ भारतीय राष्ट्रिय कंग्रेसको अध्यक्षमा खड्गे विजयी
भारतीय राष्ट्रिय कंग्रेसको अध्यक्षमा खड्गे विजयी
भारतीय राष्ट्रिय कंग्रेसको नयाँ अध्यक्षमा माल्लिकार्जुन खड्गे विजयी भएका छन् । पार्टी अध्यक्षका लागि सोमबार भएको निर्वाचनमा शशि थरुर र खड्गेबीच प्रतिष्पर्धा भएको थियो ।
दुई दिनपछि बुधबार मतगणना गरिएको थियो । कंग्रेस पार्टीका करिब ९ हजार प्रदेश प्रमुखले पार्टी अध्यक्षका लागि मतदान गरेका थिए । खड्गेले ७ हजार ८९७ मत प्राप्त गरेका छन् । भने उनका प्रतिद्वन्द्वी थरुरले १०७२ मत प्राप्त गरेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । ४१६ मत बदर भएकाे थियाे ।
कर्नाटकाका खड्गे दलित समुदायका हुन् । अहिले उनी भारतको माथिल्लो सदन राज्य सभाका सदस्य छन् । खड्गेको जितसँगै भारतीय कंग्रेसको नेतृत्व गान्धी परिवारबाट बाहिर गएको छ ।
प्रकाशित समय : १५:०३ बजे


















