काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

खाद्यले ल्याएका खसीबोका आजदेखि बिक्री सुरु

11.82K
shares

खाद्य व्यवस्था तथा व्यापार कम्पनीले ल्याएका खसीबोका आजदेखि बिक्रि थालिएको छ ।

सरकारले सहुलियत दरमा बिक्री गर्ने खसीबोकाको मूल्य प्रतिकिलो ६७० रुपैयाँ तोकेको छ । बुधबारदेखि बिक्री गर्ने गरी प्रतिकिलो ६८० रुपैयाँ निर्धारण गरिएकोमा सहुलियतस्वरूप थप १० रुपैयाँ छुट दिएर ६७० रुपैयाँ तोकेको हो ।

उक्त मूल्य निजी व्यापारीले बिक्री गर्नेभन्दा प्रतिकिलो ४० रुपैयाँ सस्तो भएको कम्पनीले जनाएको छ ।

खाद्यले च्यांग्राको मूल्य भने प्रतिकिलो १२६० रुपैयाँ निर्धारण गरेको छ । प्रतिकिलो १० रुपैयाँ छुटसहित उपभोक्तालाई प्रतिकिलो १२५० रुपैयाँमा बिक्री गर्ने खाद्यले जनाएको छ ।

संघले भने च्यांग्राको मूल्य प्रतिकिलो १३०० रुपैयाँ तोकेको छ ।