गृहपृष्ठ समानुपातिक सूची सच्याउन देउवा सहमत
समानुपातिक सूची सच्याउन देउवा सहमत
कांग्रेस सभापतिको सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा पार्टीको आन्तरिक शक्ति सन्तुलन मिलाउन समानुपातिक उम्मेदवारको सूची संशोधन गर्न सहमत भएका छन् । शेखर कोइराला र गगन थापाको समूहले छुट्टै भेला–सभा गर्नुका साथै चुनावमा विद्रोह गर्ने चेतावनी दिएपछि देउवा निर्वाचन आयोगमा असोज ३ मै बुझाइएको प्रारम्भिक सूची हेरफेर गर्न सहमत भएका हुन् ।
शेखर–गगन समूहको माग संशोधन गर्न मंगलबार साँझ पदाधिकारी बैठक गरेका देउवाले बुधबार बिहानका लागि पनि पदाधिकारी बैठक बोलाएका छन् । पार्टीको सानो कार्यदल बनाएरै समानुपातिक सूची परिमार्जन गर्ने तयारी भइरहेको बालुवाटार स्रोतले जनाएको छ । निर्वाचन आयोगमा बुझाइएको सूचीमा असोज १६ सम्म हेरफेर गर्न मिल्छ ।
एकपक्षीय र प्राथमिकताबाहिरका नाम समानुपातिक उम्मेदवारको सूचीमा राखिएको शेखर–गगन समूहको गुनासो छ । उनीहरूले पार्टी महाधिवेशनमा कोइरालालाई प्राप्त मतका आधारमा समानुपातिक उम्मेदवारमा ४० प्रतिशत हिस्सा दाबी गर्दै आएका छन् ।
प्रकाशित समय : ०८:२९ बजे


















