गृहपृष्ठ १० लाख सहयोगपछि टेक्नो मोबाइलले भन्यो : यो हाम्रो सामाजिक दायित्व हो

१० लाख सहयोगपछि टेक्नो मोबाइलले भन्यो : यो हाम्रो सामाजिक दायित्व हो

१० लाख सहयोगपछि टेक्नो मोबाइलले भन्यो : यो हाम्रो सामाजिक दायित्व हो

काठमाडौं । अविरल वर्षाका कारण उत्पन्न बाढीपहिरो तथा प्राकृतिक विपद्बाट प्रभावित नागरिकहरूको राहत, उद्धार तथा पुनस्र्थापना कार्यमा सहयोग पु-याउने उद्देश्यले टेक्नो मोबाइल नेपालले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ।

‘टेक्नो स्ट्यान्ड्स विथ नेपाल’ अभियानअन्तर्गत प्रदान गरिएको उक्त सहयोग कम्पनीको संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) प्रति प्रतिबद्धताको एक महत्वपूर्ण पहल भएको कम्पनीले जनाएको छ।

विपद्को यस कठिन परिस्थितिमा सरकार तथा सम्बन्धित निकायमार्फत सञ्चालन भइरहेका राहत तथा पुनस्र्थापना प्रयासमा योगदान पु¥याउने उद्देश्यले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको हो।

यसै क्रममा टेक्नो मोबाइल नेपालका महाप्रबन्धक शंकर मैनाली तथा उनको टोलीले बुधबार अर्थमन्त्री माननीय डा.स्वर्णिम वाग्लेलाई १० लाख रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् ।

विपद्को समयमा प्रभावित समुदायसँग ऐक्यबद्धता जनाउँदै टेक्नो मोबाइल नेपालले नेपाली समाजप्रतिको आफ्नो सामाजिक उत्तरदायित्वलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ।

कम्पनीले भनेको छ, ‘प्राकृतिक विपद्को यस कठिन समयमा प्रभावित नागरिक तथा समुदायसँग एकताबद्ध भएर उभिनु हाम्रो सामाजिक दायित्व हो। टेक्नोको यो योगदान केवल आर्थिक सहयोग मात्र नभई नेपाली जनताप्रतिको हाम्रो ऐक्यबद्धता, संवेदनशीलता र जिम्मेवारीको प्रतिबिम्ब हो।’

टेक्नो मोबाइल नेपालले आफ्नो सहयोगबाट बाढीपहिरो प्रभावित नागरिकका लागि तत्काल राहत, उद्धार तथा पुनस्र्थापना कार्यमा आवश्यक सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ।

साथै, आगामी दिनमा पनि आवश्यकता र परिस्थितिअनुसार समुदाय तथा राष्ट्रका लागि सहयोगी भूमिका निर्वाह गर्ने प्रतिबद्धता कम्पनीले जनाएको छ।

प्रकाशित समय : १४:४६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु