काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

आठ रात नौ दिनमा सकियोः भक्तपुरको गाईजात्रा

2.14K
shares

भक्तपुर । साउन १२ गते गुन्हीपुन्ही (जनैपूर्णिमा)को दिनदेखि सुरु भएको भक्तपुरको गाईजात्रा आज सम्पन्न भएको छ ।

आठ रात नौ दिन चल्ने यो जात्रा कृष्ण जन्माष्टमीको दिन कृष्णलाई नगर परिक्रमा गराएर सम्पन्न भएको हो । जनैपूर्णिमाको भोलिपल्ट गाईजात्राका दिन दिवङ्गत व्यक्तिको सम्झनामा गाईजात्रा निकाल्ने भए पनि अन्य दिनमा भने घिन्ताङघिसी नाच र व्यङ्ग्य प्रस्तुत गर्दै भक्तपुरमा सात दिनसम्म गाईजात्रा मनाउने गरिन्छ ।

गाईजात्रादेखि आजसम्म प्रत्येक दिन अपराह्न भक्तपुरमा घिन्ताङघिसी नाचसँगै हनुमान नाच, माक प्याख नाच, जङ्गली नाच, व्यङ्ग्यात्मक कार्टुन, प्ले कार्ड प्रदर्शन गर्दै नगर परिक्रममा गराइएको थियो । आज भक्तपुरमा परम्परागत पहिरन हाकुपटासी लगाएर लामबद्ध सयौँ महिला र पुरुषले दौरा सुरुवाल लगाएर बाजागाजासहित नारायणलाई बत्ती बालेर नरपरिक्रमा गरिएको थियो ।

श्रीकृष्ण जन्माष्टमी रहेकाले नारायणको पूजा गरी बत्ती बालेर भक्तपुरका बालबालिका एवं युवाहरूले टाउँको, हात र शरीरमा पालाको बत्ती बालेर सूर्यमढीदेखि दत्तात्रय, सुकुलढोका, टौमढी, वंशगोपाल, इनाचो दरबार क्षेत्र हुँदै पुनः सूर्यमढी परिक्रमा गरेको थियो ।

भक्तपुर नगरपालिका–९ का वडाध्यक्ष रवीन्द्र ज्याख्वले टोलटोलमा भइरहेको सांस्कृतिक प्रतियोगिताको प्रदर्शनी आजदेखि समापन भएको बताउनुभयो । उनले प्रतियोगितामा भक्तपुरको टोलटोलबाट सयौँ सांस्कृतिक ऐतिहासिक नाचहरु प्रस्तुत भएको उनले बताए ।

एकजना जात्राप्रेमी सविना बोहजुले आज अन्तिम दिन भक्तपुरमा घिताङघिसी ल्याउने भएकाले जात्राप्रेमीहरुका बाटोभरि लर्को रहेको बताए । आज भक्तपुर नगर पूरै बाजागाजामय, परम्परागत पोसाकमय र घिताङघिसीमय भएको उनले सुनाए । पाँच १० वर्षको बालबालिकादेखि ७०/८० वर्षका वृद्धवृद्धासम्म सहभागी रहेका थिए ।