गृहपृष्ठ शिक्षामन्त्रीद्वारा गजेन्द्रनारायण सिंह अस्पतालको स्थलगत अवलोकन, गेटमै प्रसूति गराउन बाध्य बबिताकुमारी पासवानसँग भेट

शिक्षामन्त्रीद्वारा गजेन्द्रनारायण सिंह अस्पतालको स्थलगत अवलोकन, गेटमै प्रसूति गराउन बाध्य बबिताकुमारी पासवानसँग भेट

शिक्षामन्त्रीद्वारा गजेन्द्रनारायण सिंह अस्पतालको स्थलगत अवलोकन, गेटमै प्रसूति गराउन बाध्य बबिताकुमारी पासवानसँग भेट

काठमाडौं । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालको स्थलगत निरीक्षण गरेका छन् ।

सप्तरीकी बविताकुमारी पासवानले अस्पतालको गेटमै प्रसूति गर्नुपरेको हालैको घटनाबारे जानकारी लिन मन्त्री पोखरेल अस्पताल पुगेका हुन् । उनले उपचाररत पासवानसँग भेट गरी आमा र नवजात शिशुको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।

अस्पताल प्रशासनका अनुसार आमा र बच्चा दुवैको स्वास्थ्य अवस्था सामान्य रहेको छ । पासवानको बेड नम्बर २२ मा उपचार तथा स्याहार भइरहेको छ ।

मन्त्री पोखरेलले अस्पतालको सेवा प्रवाह, पूर्वाधार तथा जनशक्तिको अवस्थाबारे जानकारी लिएका थिए । अस्पतालको सेवा विस्तार तथा सुदृढीकरणका लागि आवश्यक चिकित्सक, स्वास्थ्यकर्मी तथा अन्य सेवाको व्यवस्थापनका विषयमा पहल गर्ने उनले बताएका छन् ।

 

प्रकाशित समय : १८:०२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु