global ime bank Long Banner Ad

गृहपृष्ठ केन्याका पाँचौँ राष्ट्रपतिका रुपमा रुटोद्वारा शपथ ग्रहण

केन्याका पाँचौँ राष्ट्रपतिका रुपमा रुटोद्वारा शपथ ग्रहण

केन्याका पाँचौँ राष्ट्रपतिका रुपमा रुटोद्वारा शपथ ग्रहण

केन्याको पाँचौँ राष्ट्रपतिका रुपमा विलियम रुटोले शपथ खानु भएको छ ।

नवनिर्वाचित राष्ट्रपति रुटोलाई शपथ खुवाउनका लागि राजधानी नैरोबीमा मंगलबार विषेश समारोहको आयोजना गरिएको थियो ।

समारोहमा २० अफ्रिकी देशका नेताहरू सहभागी थिए । केन्याका प्रभावशाली नेता रुटोले मुलुकको शान्ति सुरक्षा, आर्थिक अवस्था, जनताको जीवनस्तर लगायतमा सुधार ल्याउने प्रतिवद्धता गरेका छन् ।

सन् १९६६ मा जन्मिएका रुटोले गत अगस्ट ९ मा भएको राष्ट्रपतिय निर्वाचनमा जित हासिल गरेका हुन् ।

उनले विपक्षी दलका नेता राइला ओडिंगालाई झिनो मतान्तरले पराजित गरेका हुन् । पराजित भएका नेताले निर्वाचन धाँधली भएको भन्दै परिणाम अस्वीकार गरेका थिए । तर, सर्वोच्च अदालतले भने निर्वाचन परिणाम सही नै भएको फैसला गरेको छ ।

कडा सुरक्षा व्यवस्थाका बीचमा निवर्तमान राष्ट्रपति उहुरु केन्याटाले रुटोलाई पद हस्तान्तर गरेका छन् ।

प्रकाशित समय : २२:०५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु