गृहपृष्ठ कर्णालीका नवनियुक्त मुख्यमन्त्री आज शपथ लिँदै
कर्णालीका नवनियुक्त मुख्यमन्त्री आज शपथ लिँदै
सुर्खेत । कर्णाली प्रदेशका नवनियुक्त मुख्यमन्त्री मंगलबहादुर शाहीले आज पद तथा गोपनीयताको शपथ लिने भएका छन् ।
कर्णालीका प्रमुख यज्ञराज जोशीले एक समारोहकाबीच शाहलाई शपथ ग्रहण गराउने तयारी गरेको छ । प्रदेश प्रमुखको कार्यालयले शपथ समारोहका लागि आवश्यक तयारी पूरा गरेको छ ।
नेकपा एमाले र काँग्रेस गठबन्धनको सरकारविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेपछि दुई वर्ष लामो एमाले काँग्रेस गठबन्धन टुटेको थियो भने सत्ताबाहिर रहेको नेकपाले सत्ताको नेतृत्व गर्ने भएको छ ।
केन्द्रमा एमाले र नेकपाका शीर्ष नेताहरूबिच भएको सत्ता गठबन्धनको सहमतिअनुसार कर्णालीको नेतृत्व नेकपाले पाएको हो । संविधानको धारा १६८ (२०) अनुसार प्रदेश प्रमुख यज्ञराज जोशीले शाहीलाई मंगलबार मुख्यमन्त्री नियुक्त गरेका थिए । प्रदेशसभाका २४ जना सांसदको हस्ताक्षरसहित नेकपा एमाले संसदीय दलका नेता यामलाल कँडेलको समर्थनमा नेकपाका संसदीय दलका नेता शाही कर्णालीको पाँचौँ मुख्यमन्त्री बनेका हुन् ।
प्रकाशित समय : १२:४३ बजे



















