global ime bank Long Banner Ad

गृहपृष्ठ संयुक्त राष्ट्रसङ्घद्वारा वेस्ट ब्याङ्क क्षेत्रमा बढ्दो इजरायली आक्रमणको निन्दा

संयुक्त राष्ट्रसङ्घद्वारा वेस्ट ब्याङ्क क्षेत्रमा बढ्दो इजरायली आक्रमणको निन्दा

संयुक्त राष्ट्रसङ्घद्वारा वेस्ट ब्याङ्क क्षेत्रमा बढ्दो इजरायली आक्रमणको निन्दा

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले वेस्ट ब्याङ्क क्षेत्रमा इजरायली बासिन्दाहरूले प्यालेस्टिनी समुदायहरू विरुद्ध गरेको आक्रमणको निन्दा गरेका छन् ।

महासचिव गुटेरेसले कब्जा गरिएको वेस्ट ब्याङ्कमा प्यालेस्टिनी समुदायहरू विरुद्ध त्यस क्षेत्रमा बस्दै आएका इजरायली नागरिकले गरेको आक्रमणको निन्दा गरेका हुन । इजरायली आक्रमणका क्रममा दुई वटा मस्जिदहरूमा आगलागी, निजी सम्पत्तिको तोडफोड र प्यालेस्टिनी नागरिकलाई लक्षित गरी आक्रमणहरू भएको गुटेरेसका उप प्रवक्ता फरहान हकले बताए ।

धार्मिक स्थलहरू विरुद्धको आक्रमणहरू घृणित र अस्वीकार्य भएको उल्लेख गर्दै द्वन्द्वको कारण पहिले देखि नै अस्थिर अवस्थामा रहेको यस क्षेत्रमा थप द्वन्द्व भड्काउने जोखिम बढेको हकले उल्लेख गर्नु भएको छ । महासचिव गुटेरेसले आक्रमणका जिम्मेवार व्यक्तिहरूलाई यथा सिग्र पहिचान गरी अन्तर्राष्ट्रिय कानून अन्तर्गत इजरायलको दायित्व अनुरूप जवाफदेही बनाउन आह्वान गरेका छन ।

गुटेरेसले इजरायली अधिकारीहरूलाई प्यालेस्टिनीहरू र उनीहरूको सम्पत्ति, धार्मिक स्थलहरू लगायत थप आक्रमणहरू रोक्न र नागरिकहरूको सुरक्षा सुनिश्चित गर्न तत्काल र प्रभावकारी उपायहरू अपनाउन आह्वान गरेको हकले पुष्टि गर्नु भएको छ ।

महासचिवले सबै पक्षलाई अधिकतम संयमता अपनाइ थप तनाव रोक्न र शान्ति पुनःस्र्थापना गर्न तत्काल कदम चाल्न आग्रह गरेको उनले बताएका छन् ।

पछिल्लो समयमा वेस्ट ब्याङ्क क्षेत्रमा बसोबास गर्ने इजरायली नागरिकहरुले त्यस क्षेत्रमा बसाबास गर्ने प्यालेस्टिनी समुदायहरू माथि चरम हिंसाको नयाँ लहर सुरु भएको जनाइएको छ ।

शुक्रबार, नब्लुसको दक्षिणपश्चिममा भएको हिंसात्मक घटनामा चार जना प्यालेस्टिनी र दुई जना इजरायली नागरिकको मृत्यु हुनुका साथै अन्य धेरै घाइते भएको जनाइएको छ भने प्यालेस्टिनी सम्पत्तिमा ठुलो क्षति भएको मध्य पूर्व शान्ति प्रक्रियाका लागि बाधक बनेको संयुक्त राष्ट्रसङ्घका उप विशेष संयोजक रमिज अलक्बरोभले मङ्गलबार सुरक्षा परिषद्मा बताए।

नब्लस नजिकै शुक्रबार भएकोको घटना पछि इजरायलले वेस्ट ब्याङ्क क्षेत्रमा ठूलो मात्रामा गिरफ्तारी अभियान सुरु गरी कम्तिमा ८० जना प्यालेस्टिनीहरूलाई हिरासतमा लिएको जनाइएको छ ।

मिडिया रिपोर्टका अनुसार आइतबार इजरायली बासिन्दाहरूले वेस्ट ब्याङ्कका प्यालेस्टिनी गाउँहरूमा आक्रमण गर्नुका साथै दुई वटा मस्जिदहरूमा आगो लगाएको जनाइएको छ ।रासस

 

प्रकाशित समय : १३:०५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु