गृहपृष्ठ कृषि विकास बैंकको ४ करोड घोटालामा पूर्वजर्नेलसहित प्रेमिकालाई कैद सजाय
कृषि विकास बैंकको ४ करोड घोटालामा पूर्वजर्नेलसहित प्रेमिकालाई कैद सजाय

कृषि विकास बैंकको न्यूरोड शाखामा भएको चार करोड रुपैयाँभन्दा बढीको घोटालामा पूर्वसहायक रथी रमेशराज विष्टलाई ४ वर्ष कैद सजाय भएको छ । उनकी प्रेमिका भनिएकी बैंककै कर्मचारी दीपिका रेग्मीलाई भने ८ वर्ष कैद सजाय सुनाएको छ ।
विशेष अदालतले सोमबार उनीहरुलाई उक्त सजाय सुनाएको हो । त्यसअघि न्यायाधीशहरु शालिग्राम कोइराला, बलभद्र बास्तोला र खुसीप्रसाद थारुको संयुक्त इजलासले उनीहरुलाई भदौ ७ गते दोषी ठहर गरेको थियो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यी दुईसहित ८ जनाविरुद्ध २०७६ पुस २९ गते विशेषमा मुद्दा दायर गरेको थियो । उनीहरुविरुद्ध चार करोड २४ लाख १३ हजार ६१५ रुपैयाँ घोटाला गरेको आरोप लागेको थियो ।
आरोपित बाँकी ६ जनाले भने सफाइ पाएका छन् । रेग्मी बैंकमा टेलर सहायक पदमा कार्यरत थिइन् ।
प्रकाशित समय : ०७:३९ बजे