गृहपृष्ठ सुनको मूल्य घट्यो, चाँदीको बढ्यो
सुनको मूल्य घट्यो, चाँदीको बढ्यो
काठमाडौँ । स्थानीय बजारमा आज सुनको मूल्य केही घटेको छ भने चाँदीको भाउ बढेको छ । हिजो मङ्गलबारको तुलनामा सुन तोलामा एक हजारले घटेको छ भने चाँदी १० ले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला दुई लाख ८३ हजार दुई सय र त्यति नै परिमाणको सेतो धातुको मूल्य चार हजार ३२० कायम भएको छ ।
हिजो छापावाल सुन प्रतितोला दुई लाख ८४ हजार २०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य चार हजार ३१० कायम भएको थियो ।
गत सोमबार छापावाल सुन प्रतितोला रु दुई लाख ८८ हजार ५०० र त्यति नै परिमाणको चाँदी चार हजार ४४५ मा कारोबार भएको थियो ।
अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार अन्तरराष्ट्रिय बजारमा आज एक औँस सुन चार हजार २९ र चाँदी ५७ अमेरिकी डलरमा किनबेच भइरहेको छ ।
प्रकाशित समय : ११:१७ बजे



















