global ime bank Long Banner Ad

गृहपृष्ठ पूर्वप्रधानमन्त्री भट्टराईको स्वास्थ्यवस्था सुधारोन्मुख

पूर्वप्रधानमन्त्री भट्टराईको स्वास्थ्यवस्था सुधारोन्मुख

पूर्वप्रधानमन्त्री भट्टराईको स्वास्थ्यवस्था सुधारोन्मुख

काठमाडौँ ।पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको छ ।

मङ्गलबार साँझ अचानक तीव्र चक्कर तथा वान्ता भएपछि डा भट्टराईलाई उपचारका लागि टोखास्थित ग्रान्डी अस्पतालमा भर्ना गरिएको थियो । चिकित्सकको निगरानीमा उपचार जारी रहेको र अवस्था सुधारोन्मुख भएको डा भट्टराईका स्वकीयसचिव रेखी गुरुङले जानकारी दिए ।

उपचारमा संलग्न चिकित्सककाअनुसार उनको भित्री कानमा समस्या देखिएको सचिवालयले जनाएको छ । सचिवालयका अनुसार आवश्यक स्वास्थ्य परीक्षणका अन्य सबै रिपोर्ट सामान्य रहेको छ ।

प्रकाशित समय : १२:३६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु