global ime bank Long Banner Ad

गृहपृष्ठ जापानका लागि उडेको जहाज आपतकालीन रुपमा काठमाडौं फर्कियो

जापानका लागि उडेको जहाज आपतकालीन रुपमा काठमाडौं फर्कियो

जापानका लागि उडेको जहाज आपतकालीन रुपमा काठमाडौं फर्कियो

१ सय ८४ यात्रु बोकेर जापानको नारिताका लागि उडेको नेपाल वायुसेवा निगमको वाइडबडी विमान कार्गो सामान राखिने कम्पार्टमेन्टमा धुवाँ देखिएपछि काठमाडौंमै फर्किएको छ ।

मंगलबार राति ११ बजे नारिताका लागि उडेको आरए ४३३ उडान नम्बरको उडान काठमाडौं विमानस्थल छाडेको आधा घण्टामै फर्किएको थियो । ‘कार्गो कम्पार्टमेन्टमा धुवाँ देखिएको ककपिटमा संकेत देखिएपछि चालकदलले जहाज काठमाडौं नै फर्काएका थिए,’ निगमका एक अधिकारीले भने, ‘त्यो समस्या देखिँदा जहाज नेपालकै आकासभित्र थियो ।’

चालकदलले जहाज काठमाडौंमा अवतरण गराएपछि निगमले अर्को जहाज नभएका कारण ती यात्रुहरूलाई राति सिनामंगलमा रहेको एयरपोर्ट होटल र ज्ञानेश्वरको काभेरी इन होटलमा राखेको थियो ।

उक्त जहाजलाई राति नै मर्मत गरेर ती यात्रुलाई बुधबार बिहान नौ बजे त्यही जहाजमा नारिता उडाउने तयारी निगमको छ ।

प्रकाशित समय : ०७:४९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु