global ime bank Long Banner Ad

गृहपृष्ठ प्रमुख निर्वाचन आयुक्तमा प्रस्तावित कार्कीको सुनुवाइ सुरु

प्रमुख निर्वाचन आयुक्तमा प्रस्तावित कार्कीको सुनुवाइ सुरु

प्रमुख निर्वाचन आयुक्तमा प्रस्तावित कार्कीको सुनुवाइ सुरु

काठमाडौँ । प्रमुख निर्वाचन आयुक्तमा प्रस्तावित मानबहादुर कार्कीको संसदीय सुनुवाइ समितिमा सुनुवाइ सुरु भएको छ । सिंहदरबारस्थित संसदीय सुुनुवाइ समितिमा प्रमुख निर्वाचन आयुक्त कार्कीको सुनुवाइ सुरु भएको हो । यसअघि, काकीविरुद्ध परेको उजुरीका विषयमा छलफल भएको थियो । उीनविरुद्ध एउटा उजुरी परेको जनाइएको छ ।

संवैधानिक परिषद्को गत असार १९ गतेको बैठकले प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर कार्की तथा आयुक्तहरूमा गुरुप्रसाद वाग्ले र डा राजीव सुब्बाको नाम सिफारिस गर्ने निर्णय गरेको थियो । प्रमुख निर्वाचन आयुक्तमा प्रस्तावित कार्कीको समितिले नाम अनुमोदन गरेपछि राष्ट्रपतिले नियुक्ति गर्ने संवैधानिक व्यवस्था रहेको छ ।

प्रकाशित समय : १२:५० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु