गृहपृष्ठ टिक्मोमार्फत आइएमईबाट रेमिट्यान्स पठाउँदा अभिषेकले जिते वीवाइडी ईभी कार
टिक्मोमार्फत आइएमईबाट रेमिट्यान्स पठाउँदा अभिषेकले जिते वीवाइडी ईभी कार
काठमाडौं । साउदीबाट टिक्मो मार्फत आइएमई गरेर पैसा पठाउँदा विराटनगरका अभिषेक कालाखेतीले वीवाइडी अटो १ ईभी कार जितेका छन् ।
बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले विजेता अभिषेक कालाखेतीका तर्फबाट उनकी श्रीमती कल्पना कालाखेतीलाई कारको साँचो हस्तान्तरण गरे।
कार्यक्रममा आइएमई लिमिटेडका अध्यक्ष हेमराज ढकालले वैदेशिक रोजगारीबाट औपचारिक माध्यममार्फत पठाइने रेमिट्यान्सले मुलुकको अर्थतन्त्र सुदृढ बनाउनका साथै नेपाली परिवारको जीवनस्तर उकास्न महत्त्वपूर्ण योगदान पुर्याउने बताए। उनले आइएमई र टिक्मोका यस्ता अभियान सेवा प्रवाहमा सीमित नभई विदेशमा श्रम गरिरहेका नेपालीको परिश्रमलाई सम्मान गर्ने प्रयाससमेत भएको उल्लेख गरे।
आइएमई लिमिटेडका प्रमुख कार्यकारी अधिकृत दिवाकर पौडेलले विदेशमा रहेका नेपालीलाई सुरक्षित, छिटो र भरपर्दो डिजिटल रेमिट्यान्स सेवा उपलब्ध गराउँदै उनीहरूको विश्वास कायम राख्न कम्पनी प्रतिबद्ध रहेको बताए।
आइएमई र टिक्मोले संयुक्त रूपमा सञ्चालन गरेको ‘साउदीबाट टिक्मोमार्फत आइएमई गरौं, उपहार जितौं’ योजना २०८२ पुस २१ देखि २०८३ असार १६ सम्म सञ्चालन गरिएको थियो। कम्पनीका अनुसार योजनाको उद्देश्य साउदी अरेबियामा रहेका नेपालीलाई औपचारिक डिजिटल माध्यमबाट नेपाल पैसा पठाउन प्रोत्साहित गर्नु थियो।
योजनाको पहिलो चरण (जनवरी ५ देखि मार्च ३१, २०२६) मा १२ जना सेवाग्राहीले आइफोन १७ र दुई जनाले विद्युतीय स्कुटर जितेका थिए। दोस्रो चरण (अप्रिल ५ देखि जुन ३०, २०२६) मा हरेक साता पाँच जना सेवाग्राहीलाई १० हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिएको थियो। बम्पर उपहारअन्तर्गत अभिषेक कालाखेतीले वीवाइडी अटो १ विद्युतीय कार जितेका हुन्।
यसैबीच आइएमई र टिक्मोले नयाँ प्रवर्द्धनात्मक योजना पनि सार्वजनिक गरेका छन्। १७ साउनदेखि १४ कात्तिक २०८३ सम्म सञ्चालन हुने योजनाअन्तर्गत साउदी अरेबियाबाट टिक्मोमार्फत नेपाल पैसा पठाउने सेवाग्राहीमध्ये हरेक साता दुई जनाले आफूले पठाएको रकमको दुई गुणासम्म, हरेक महिना दुई जनाले तीन गुणासम्म तथा बम्पर योजनामा दुई जनाले पाँच गुणासम्म पुरस्कार प्राप्त गर्नेछन्।
कम्पनीले यस अभियानले साउदी अरेबियामा रहेका नेपालीलाई सुरक्षित, भरपर्दो र औपचारिक डिजिटल रेमिट्यान्स माध्यम प्रयोग गर्न थप प्रोत्साहन पुग्ने विश्वास व्यक्त गरेको छ।
प्रकाशित समय : १७:३० बजे



















