काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

इथानोलसम्बन्धी पोस्टलाई लिएर भारतीय मन्त्रीद्वारा मेटासहितका कम्पनीविरुद्ध मुद्दा

2.92K
shares

भारतका सडक यातायातमन्त्री नितिन गडकरीले आफूलाई देशको इथानोल मिश्रण कार्यक्रमसँग जोडेर सामाजिक सञ्जालमा मानहानिपूर्ण सामग्री प्रसारण गरिएको भन्दै मेटासहितका ठूला प्रविधि कम्पनीविरुद्ध मुद्दा दायर गरेका छन् ।

गडकरीले बम्बे उच्च अदालतमा दायर गरेको मुद्दामा ११ करोड भारतीय रुपैयाँ ९११ लाख ४० हजार अमेरिकी डलर० क्षतिपूर्तिको माग गरेको उनको कार्यालयले जनाएको छ ।

उनले सामाजिक सञ्जालमा प्रसारित सामग्रीले आफूलाई सरकारको ‘ई–२०’ इथानोल मिश्रित पेट्रोल नीतिका लागि व्यक्तिगत रूपमा जिम्मेवार रहेको र आफू तथा आफ्नो परिवारले त्यसबाट आर्थिक लाभ लिएको भनी गलत आरोप लगाइएको बताएको छन् ।

भारत सरकारले आयातित इन्धनमाथिको निर्भरता घटाउने र कार्बन उत्सर्जन कम गर्ने उद्देश्यले पेट्रोलमा २० प्रतिशतसम्म इथानोल मिश्रण गर्ने ‘ई–२०’ नीति कार्यान्वयन गरिरहेको छ । उक्त नीतिविरुद्ध सामाजिक सञ्जालमा विभिन्न पोस्ट तथा भिडियो भाइरल भएका छन् । ती सामग्रीमा इथानोल मिश्रित पेट्रोलले सवारीसाधनको इन्जिनमा क्षति पु¥याउने र कम इथानोल मिश्रणका लागि बनाइएका सवारीसाधनको मर्मत खर्च बढाउने दाबी गरिएको छ ।

गडकरीले आफूविरुद्ध प्रसारित ‘डिपफेक’ सामग्री र भिडियोले आफ्नो प्रतिष्ठामा अपूरणीय क्षति पु¥याइरहेको दाबी गरेका छन् ।

मुद्दामा फेसबुक र इन्स्टाग्रामको मातृ कम्पनी मेटासहित ‘एक्स कर्प’, गुगललगायत कम्पनीलाई विपक्षी बनाइएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

गडकरीको मुद्दाबारे प्रतिक्रिया माग्दै एएफपीले गरेको अनुरोधमा मेटाबाट तत्काल कुनै प्रतिक्रिया प्राप्त भएको छैन ।

भारत फेसबुक र इन्स्टाग्रामका प्रयोगकर्ताको सङ्ख्याका दृष्टिले मेटाका लागि प्रमुख बजारमध्ये एक हो । भारतीय सरकारले सामाजिक सञ्जाल प्लेटफर्ममाथिको नियमनसमेत विस्तार गर्दै आएको छ र आपत्तिजनक सामग्री हटाउन तथा सरकारी निर्देशन पालना गर्न ती कम्पनीलाई निर्देशन दिँदै आएको छ ।रासस