global ime bank Long Banner Ad

गृहपृष्ठ कमेडियन अपूर्व क्षितिज तारेखमा रिहा

कमेडियन अपूर्व क्षितिज तारेखमा रिहा

कमेडियन अपूर्व क्षितिज तारेखमा रिहा

कमेडियन अपूर्व क्षितिज सिंहलाई तारेखमा छाडिएको छ । बिहीबार उनलाई हिरासतबाट छाडेको काठमाडौँका सरकारी वकिल कार्यालयले जानकारी दिएको छ ।

प्रहरीको अनुसन्धान नसकिए पनि अपूर्वलाई कोरोना संक्रमण पुष्टि भएको कारणले छाडिएको हो । प्रहरीले छाड्न सहमति मागेपछि छाडिएको कार्यालयले जनाएको छ ।

उपचार गर्न भन्दै पछि उपस्थित हुने गरी उनलाई रिहा गरिएको हो । उनको अनुसन्धान भने सकिएको छैन । उनी अहिले वीर अस्पतालको कोभिड वार्डमा उपचाररत छन् ।

बुधबार मात्रै अपूर्वलाई थप पाँच दिन हिरासतमा राख्न जिल्ला अदालत काठमाडौँले प्रहरीलाई अनुमति दिएको थियो ।

स्ट्यान्डअप कमेडी गर्दा नेवाः समुदायको भावनामा आँच पुर्‍याएको अभियोग लागेका उनलाई प्रहरीले भदौ १२ गते पक्राउ गरेको थियो ।

प्रकाशित समय : १९:३१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु