global ime bank Long Banner Ad

गृहपृष्ठ ललितपुरलाई स्वर्ण

ललितपुरलाई स्वर्ण

ललितपुरलाई स्वर्ण

ललितपुर महानगरपालिका–८ ले दोश्रो पूर्णशंकर श्रेष्ठ राष्ट्रव्यापी अन्तर वडा टेबलटेनिस प्रतियोगिताको पुरुष टिम इभेन्टमा बिहीबार स्वर्ण जितेको छ ।

स्पिन इभेन्ट्स प्रालिको आयोजनामा भइरहेको प्रतियोगिताको फाइनलमा वडा ८ ले ललितपुर वडा १६ लाई ३–२ ले पराजित गर्‍यो । विजयी टिमबाट रुविन महर्जन र विपुल महर्जनले प्रतिस्पर्धा गरेका थिए । बुधबार महिला टिम इभेन्टमा गोदावरी नगरपालिका वडा १ पहिलो भएको थियो । काठमाडौँ महानगरपालिका वडा २५ र भक्तपुर नगरापलिका वडा ५ तेश्रो भए ।

लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भइरहेको प्रतियोगिताको महिला सिंगल्समा संखुवासभा वडा ४ की वियंका राई र ललितपुर १२ की इभाना थापा मगर फाइनलमा प्रवेश गरे । वियंकाले गोदावरी १ की सतिश्मा थापालाई ११–३, ११–२ र ११–१ तथा इभानाले गोदावरी १ कै प्रणिका कुँवरलाई ११–८, ११–६ र ११–९ को सोझो सेटमा हराए ।

पुरुष सिंगल्समा लम्जुङ १९ का विनेश खनियाँ र ललितपुर १६ का संयोग कपालीले फाइनलमा स्थान सुरक्षित गरे । विनेशले काठमाडौँ २५ का अमरलाल मल्ललाई १०–१२, ११–४, १०–१२, ११–८, १०–१२, ११–४ र ११–९ तथा संयोगले नरहरिनाथ गाउँपालिका वडा २५ का हिमाल विष्टलाई ११–९, ११–६, ११–५ र ११–८ को सेटमा पाखा लगाए ।

प्रकाशित समय : १९:१६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु