global ime bank Long Banner Ad

गृहपृष्ठ दक्षिणामूर्ति मन्दिरमा भक्तजनको लाम

दक्षिणामूर्ति मन्दिरमा भक्तजनको लाम

दक्षिणामूर्ति मन्दिरमा भक्तजनको लाम nfda4 eQmhg u08sL, % sflQs M a8fb;}Fsf] cf7f}F lbg dxfci6dL kj{sf cj;/df cfOtaf/ afun'ªl:yt sflnsf eujtL dlGb/df k"hfcr{gfsf nflu nfda4 eQmhg . tl:a/ M /fdaxfb'/ yfkf÷/f;;

काठमाडौँ । आषाढ शुक्ल पूर्णिमा अर्थात् गुरुपूर्णिमाका दिनमात्र खुल्ने दक्षिणामूर्तिको मन्दिरमा बिहानैदेखि भक्तजनको लाम लागेको छ । दक्षिणालाई पशुपतिनाथका पनि गुरुका रूपमा पूजिने कथन छ ।

वर्षको एक दिन गुरुपूर्णिमाको दिनमात्र सर्वसाधारणको दर्शनका निम्ति यो मन्दिर खुला हुने गर्दछ । आजको दिन पशुपतिनाथका अर्चक भट्ट गुरुहरूसमेत यस मन्दिरमा आएर पूजा, आराधना एवं दर्शन गर्ने परम्परा रहिआएको छ । यसैकारण आज बिहानैदेखि पशुपति क्षेत्रस्थित दक्षिणामूर्ति मन्दिरमा भक्तजनको लाम लागेको पशुपति क्षेत्र विकास कोषका संस्कृति महाशाखाका निमित्त प्रमुख अरुण श्रेष्ठले जानकारी दि।

गुरुपूर्णिमाका दिन आज बिहानको नित्य पूजा आराधना सकेपछि पशुपतिनाथका चारै जना भट्ट आशा गुरुसहित बाजागाजा लिएर दक्षिणामूर्ति मन्दिर गई पूजाआजासहित दर्शन गर्नुहुने कार्यक्रम रहेको पनि उनले बताए ।

 

प्रकाशित समय : ०७:४१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु