काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

धनगढीमा ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ को तयारी

2.02K
shares

सुदूरपश्चिम । आगामी भदौ १७ गते कैलालीको धनगढीमा ‘सुदूरपश्चिम गाईजात्रा सिजन–२’ आयोजना हुने भएको छ । आज धनगढीमा आयोजित पत्रकार सम्मेलनमा आयोजक बैजनाथ सञ्चार प्रालिले यसबारे जानकारी दिँदै तयारी सुरु भएको जनाएको हो ।

संस्थाका प्रबन्धक सरस्वतीकुमारी खड्का भट्टले गाईजात्रा पर्वको संरक्षण र प्रवर्द्धन गर्दै हास्य–व्यंग्यमार्फत समाजमा रहेका विकृति, विसङ्गति तथा समसामयिक विषयमा जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको जानकारी दिए । यसअघि विसं २०८१ मा सम्पन्न पहिलो संस्करणको सफलतापछि यस वर्ष कार्यक्रमलाई अझ भव्य, व्यवस्थित र सन्देशमूलक बनाइने उनले बताए ।

कार्यक्रममा केन्द्रीयस्तरका हास्य–व्यङ्ग्य कलाकारको विशेष प्रस्तुति रहनुका साथै सुदूरपश्चिमका वरिष्ठ तथा चर्चित हास्य–व्यंग्य कलाकारले नाटक, कविता, गीत–सङ्गीत, देउडा तथा प्रदेशका मौलिक लोक–सांस्कृतिक प्रस्तुत गर्ने गरी तयारी भइरहेको आयोजकले जनाएको छ ।

कार्यक्रम संयोजकसमेत रहेकी खड्काले गाईजात्रा परम्पराको पुस्तान्तरणसँगै हास्य–व्यङ्ग्यमार्फत लागुऔषध दुर्व्यसन, भ्रष्टाचार, साइबर अपराध, घरेलु तथा महिला हिंसा, बालअधिकार, युवा पलायन र सामाजिक विभेदजस्ता विषयमा सकारात्मक सन्देश प्रवाह गरिने उल्लेख गरे ।